पियोर इनर्जीको ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । पियोर इनर्जी लिमिटेडको ८० लाख कित्ता प्राथामिक शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ । पियोर इनर्जीको प्रति शेयर अंकति तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको उक्त परिमाणको शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

यो सँगै धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनबाट शेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको २० प्रतिशत अर्थात् १६ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेका ८० प्रतिशत अर्थात् ६४ लाख शेयर गरी शतप्रतिशत शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार