थोरैले घट्यो सुन र चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रति तोला २०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य एक लाख ९१ हजार १०० रुपैयाँ थियो ।

चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य २ हजार ५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार