टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

काठमाडौं । विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ। यो नयाँ इन–एप टुल प्रयोगकर्ताहरूलाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले ल्याइएको हो।
साथै, टिकटकले २.३ मिलियनको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेशन फन्ड’ समेत घोषणा गरेको छ । जसले विश्वभरका विश्वसनीय संस्थाहरूलाई सहयोग पुर्याउनेछ।

विद्यालय जीवनमा रहेका किशोर किशोरीदेखि दैनिक जिम्मेवारी सम्हालिरहेका युवापुस्तासम्मका सबै प्रयोगकर्ताले यो नयाँ टुल प्रयोग गरेर सजिलो रूपमा मेडिटेसन गर्न सक्नेछन्। टिकटकको यो पहल डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताको एकमहत्वपूर्ण पाटो हो। ‘मेडिटेशन’ सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ ।

मीठो निद्रा र मानसिक स्वास्थ्यमा योगदान

टिकटकले पहिलेबाट सञ्चालनमा रहेको स्लिप आवर फिचरलाई विस्तार गर्दै अब त्यसमा ‘मेडिटेसन’ सुविधा पनि समावेश गरेको छ। यस सुविधामार्फत प्रयोगकर्ताहरूलाई राति सुत्नु अघि शान्त र सन्तुलित महसुस गराउने उद्देश्यले गाइडेड मेडिटेसन उपलब्ध गराइएको छ।

अनुसन्धानहरूले मेडिटेसनले निद्राको गुणस्तर सुधार गर्ने देखाएका छन्। त्यसैले अब यो सुविधा सबै उमेरका प्रयोगकर्तालाईउपलब्ध गराइएको छ। १८ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि यो सुविधा स्वतः सक्रिय हुन्छ। राति १० बजेपछि किशोरकिशोरीको फर यु फिडमा मेडिटेसन देखाइन्छ र उनीहरूले अझै स्क्रोल गर्न जारी राखेको खण्डमा मेडिटेसनको दोस्रो स्क्रिन देखिन्छ जसलाई भने सजिलै हटाउन सकिँदैन। हालसालै गरिएको आन्तरिक परीक्षण अनुसार ९८ प्रतिशत किशोरकिशोरीले यो मेडिटेसन फिचर राख्न रोजेका छन्।

वयस्क प्रयोगकर्ताले आफ्नो चाहना अनुसार स्क्रिन टाइम सेटिङमा गई स्लिप आवर सक्रिय गर्न सक्छन्। इन–एप सुविधासँगै टिकटकले २२ देशका ३१ मानसिक स्वास्थ्य सम्बन्धी संस्थाहरूसँग साझेदारी गर्दै २.३ मिलियन बराबरको विज्ञापन क्रेडिट दिने घोषणा गरेको छ। यो कोष र टिकटक नेतृत्वको प्रशिक्षणहरूले साझेदारहरूलाई व्यापक दर्शकहरूमा पुग्नेगरी आकर्षक र विश्वसनीय मानसिक स्वास्थ्य सम्बन्धी कन्टेन्ट सिर्जना गर्न मद्दत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार