सडक विभागको महानिर्देशकमा डा.जैसी नियुक्त 

काठमाडौं ।सडक विभागको महानिर्देशकमा डा. विजय जैसी नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रामहरि पोखरेललाई महानिर्देशकबाट मन्त्रालय तानेर विभागकै उपमहानिर्देशक जैसीलाई महानिर्देशक बनाएको हो । केही दिनअघि उक्त निर्णय भए पनि कार्यान्वयन भने सोमबार मात्र भएको हो । नवनियुक्त महानिर्देशक जैसीले सोमबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । सोमबार विभागमा आयोजित कार्यक्रममा डा. जैसीको स्वागत गरिएको विभागले जनाएको छ ।

पोखरेल २०८१ साल जेठ ३१ गते महानिर्देशक नियुक्त भएका थिए । पोखरेल अगाडि सुशीलबाबु ढकाल भने २०७९ साल फागुन ३ गतेदेखि २०८१ जेठ ३१ गतेसम्म महानिर्देशक बनेका थिए । ढकाल र पोखरेल दुवै मन्त्रालयमा पुगेका छन् । महानिर्देशकसँगै उपमहानिर्देशकको पनि सरुवा भएको छ । प्रवक्ता समेत रहेका उपमहानिर्देशक अर्जुनप्रसाद अर्याललाई विभागको सम्भार महाशाखाबाट यसअघि डा. जैशी रहेको वैदेशिक महाशाखामा लगिएको छ भने विभागका योजना महाशाखा प्रमुख उमेशविन्दु श्रेष्ठलाई मन्त्रालय लगेर सो स्थानमा प्रभातकुमार झालाई ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार