दुई सचिवमा बढुवा, १० सचिवको सरुवा, यस्तो छ मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले दुई सहसचिवलाई बढुवा गरी सचिव बनाएको छ । सरकारले सहसचिव भूपाल बराल र दिनानाथ मिश्रलाई बढुवा गरेर सचिव बनाएको छ भने अन्य १० जना सचिवको सरुवा भएको छ । वराललाई सचिव बनाएर वागमति प्रदेशको प्रमुखसचिव र मिश्रलाई ऊर्जा आयोगको सचिव बनाइएको छ । अरु १० जना सचिवहरुको पनि सरुवा गरेको छ ।

मन्त्रिपरिषदले १२ जेठमा बसेको बैठकले सार्वजनिक सेवा प्रसारण नियमावली २०८२ स्वीकृत गर्ने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पशे गर्न स्वीकृति दिने भएको छ ।

राष्ट्रिय खेलकूद विकास ऐन लाई संशोधन गर्नं बनेको विधेयक संसदमा पेश गर्ने, खाद्य प्रणाली रुपान्तरणको रणनीतिक योजना स्वीकृति गर्नेसहितका निर्णय मन्त्रिपरिषदले गरेको छ ।

मन्त्रिपिरषले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्नेसहितको २८ वटा निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार