सवारी साधन आयात बढ्दा हायर पर्चेज कर्जा घट्यो

काठमाडौं । बजेटको पूर्वसन्ध्यामा सवारी साधान विशेष गरी विद्युतीय सवारी साधनको आयात बढेको छ । व्यवसायीहरुले सवारी साधानको आयत बढाउँदौ बैंक तथा वित्तीय संस्थाबाट सवारी साधन अर्थात् हायर पर्चेज कर्जा भने घटेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको हायर पर्चेज (सवारी साधन) कर्जा वितरणमा न्यून कमी आएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्म बैंक तथा वित्तीय संस्थाहरुको सवारी साधन कर्जा वितरण १ खर्ब २९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३ अर्ब १६ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधन खरिदबिक्रीका लागि १ खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँ वितरण गरेको थियो ।

पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा यसको यातायात क्षेत्रमा समेत केहि मात्रमा प्रभावित भएको बैंकरहरु बताउछन् । बैंकरहरु अनुसार बैंक तथा वित्तीय संस्थाले सवारी साधन कर्जा प्रवाहमा न्यून प्रभाव हुनुको करण भने विद्युतीय सवारी साधनको खरिद बढ्नु कारण मानिएको छन् ।

चालु आर्थिक वर्षको चैतसम्म वाणिज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब १२ अर्ब ९४ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब २१ करोड करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब १४ अर्ब १५ करोड रुपैयाँ प्रवाह गरेको थियो ।

चालु आर्थिक वर्षको चैतसम्म विकास बैंकले सवारी साधन कर्जास्वरुप १२ अर्ब ८६ करोड ८० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब ९७ करोड ७० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सवारी साधन कर्जास्वरुप १४ अर्ब ८४ करोड ५० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको चैतसम्म वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब ३७ करोड ४० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ करोड २० लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब ४० करोड ५० लाख रुपैयाँ वितरण गरेको थियो । सवारी साधनको बजार सामान्य प्रभावित भएपनि पछिल्लो समय विद्युतीय सवारी साधनले बजार चलयमान बनाइरहेको बैंकरहरु बताउँछन् । जसले गर्दा बैंक तथा वित्तीय संस्था अनुरुप कर्जा प्रवाह बढी र कम भएको देखिन्छ । सवारी साधन खरिद बिक्रीका लागि वाणिज्य बैंकको कर्जा प्रवाहमा वृद्धिदर देखिदाँ विकास बैंक र वित्त कम्पनीमा कमी देखिनु सोहि कारण भएको उनीहरुको भनाई छ । पछिल्लो समय निजी सवारी साधनको तुलनामा सार्वजनिक सवारी साधनहरुको बिक्री माग रहेको व्यवसायीहरुले बताएका छन् ।

विद्युतीय सवारी साधन आयात
भन्सार विभागका अनुसार १० महिनाको अवधिमा विभिन्न देशबाट २४ अर्ब ५५ करोड रुपैयाँको २३ हजार ९ सय ३३ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ ।

चैत महिनाको तुलनामा बैशाखमा ३ हजार ३७ वटा बढी विद्युतीय सवारी साधन आयात भएका हुन् । चैतसम्ममा १९ अर्ब ९४ करोड १५ लाख रुपैयाँको २० हजार ८ सय ९६ वटा विद्युतीय सवारी साधन आयात भएको थियो ।

नेपालमा आयात हुने इभीमा सबैभन्दा बढी चीनबाट इभी आयात हुने गरेको छ ।

चीनबाट १४ अर्ब ५८ करोड २६ लाख ७३ हजार रुपैयाँ ५ हजार ४४४ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । यस्तै भारतबाट २ अर्ब १२ करोड ५६ लाख ६२ हजार रुपैयाँको ९४५ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।

नेपालमा चीन भारतका साथै इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी, मलेसिया र अमेरिकाबाट इभी आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार