असार १ देखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै राप्ती हाइड्रो

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल लिमिटेडले असार १ गतेदेखि एक कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरअन्तर्गत शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर रु. १०० अंकित दरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयरको निष्काशन गर्न लागेको हो ।

सर्वसाधारण लगानीकर्ताले यस हकप्रद निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दन सक्नेछन् । आवेदन दिँदा अनिवार्य रुपमा यस निष्काशनको लागि तयार गरेको ‘हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरू’ पढी आफ्नो स्वविवेकले दरखास्त दिएको स्वीकार्नुपर्नेछ ।

हकप्रद शेयरमा असार २२ गतेसम्म बैंकिङ समयमा आवेदन दिन सकिने सूचनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार