काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
बैठक सुरू हुनेवित्तिकै विपक्षी सांसदहरूले अवरोध गरे सँगै संसद बैठक स्थगित भएको हो । विपक्षी दलको अवरोधको बीच सभामुखले देवराज घिमिरेले गृहमन्त्रीले बोल्न समय माग गरेको कुरा जानकारी गराएका थिए।
विपक्षी दलका सांसदहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने पक्षमा देखिएनन् त्यसपछि सभामुखले आधा घन्टाका लागि बैठक स्थगित गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग उनीहरूको छ। तर सत्तारूढ कांग्रेस र एमाले भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिएकोले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने पक्षमा छन्।

