भिजिट भिसा प्रकरणले संसद अवरोध, गृहमन्त्रीले मागे बोल्ने समय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्ना विषयमा उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभामा समय माग गरेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको सचिवालय लगायतका अधिकारीसहितको बैठकपछि लेखकले संसदमा आफ्ना धारणा राख्न समय माग गरेको जानकारी दिए।

उनले बालुवाटार बैठकमा संसद् खुलाउनेबारेमा छलफल भएको समेत बताए । ‘संसदमा बोल्नका लागि मैले समय माग गरेको छु। संसद अगाडि बढ्न दिने, नदिने प्रतिपक्षको कुरा भयो,’ लेखकले भने ।

विपक्षी माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूको बैठकले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार