काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ ।
कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् । ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने ।
रास्वपा सहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिषा प्रकरणमाथि छानबीनको माग राखेर संसद् अवरोध गरिरहेका छन् । संवैधानिक व्यवस्था बमोजिम भोलि जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्न पर्ने वाध्यता सरकार माथि रहेको छ भने विपक्षी दल रास्वपाले त्यसलाई अवरोध नगर्ने भएको हो ।
उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको माग नरहेको पनि बताए । ‘गृहमनत्री अघि बोल्न हामीले पाउनुपर्छ भन्ने माग हाम्रो हो । बोल्नै नदिने भनेका छैनौं’, उनले भने ।

