काठमाडौं । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले संसद अवरोध गरे सँगै गृहमन्त्री रमेश लेखकले आफू माथि लागेको आरोपको जवाफ दिने भएका छन् । यसको लागि उनले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै छन् ।
विपक्षी दलहरुले आफ्नो राजीनामा मागेर दुई दिनदेखि संसद् अवरोध गरेपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेनलमार्फत आफमाथि लागेका आरोपको जवाफ दिने तयारी गरेको लेखकको सचिवालयले बताएको छ ।
सचिवालयका सदस्य लोकेन्द्र भट्टका अनुसार विपक्षीले अवरोध नछाडे सँगै पत्रकार सम्मलेनमार्फत् स्पष्ट पार्न लागिएको हो ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले गरेको संसद् अवरोध अनुचित भएको बताए।
संसद् स्थगित भएपछि लेखक आफ्नो आसनमै बसिरहेका थिए। त्यही बेला पुगेका खतिवडा पुग्दा उनले फोनमा सल्लाह गरिरहेका थिए।
संसदमा बोल्नका लागि लेखकले बुधबार समय माग गरेको थिए तर प्रतिपक्षले संसदमा अवरोध गरे सँगै उनी बोल्न नपाएका हुन् ।

