बिहीबारको आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहीबार आफूहरुले गर्ने आन्दोलनमा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।

संविधानको उलंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको उनले आरोप लगाए ।

उनले आफूहरुको पीएसओ हटाएको समेत टिप्पणाी गरे । भोलि हामीमाथि समस्या देखियो भने त्यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ, पीएसओ हटाउनु आवश्यक थिएन, उनले भने ।

शाहील शान्तिबाटीकामा आफुहरुको कार्यक्रम शान्तिपूर्ण हुने बताए । शाहीले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार