बजेट भोलि ३ बजे संसदमा पेश हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि (बिहीबार) ३ बजे संसदमा पेश हुने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि दिउँसो ३ बजे संसदमा बजेट पेश गर्ने कार्य सूची रहेको अर्थमन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवको लागि १९ खर्ब ६५ अर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ ।

अर्थमन्त्री पौडेलले आयोगले उपलब्ध गराएको सिलिङका आधारमा बजेट ल्याउने छन् । त्यसमा केही अंक तल माथि हुन सक्ने अर्थमन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार