CLI

गभर्नर नियुक्तिविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले बुधबार आदेश जारी गर्दै अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन भनिएको छ।

मंगलबार अधिवक्ता विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले रिट दायर गर्दै पौडेलको गभर्नर नियुक्ति बदर गर्न माग गरेका थिए। रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार आवश्यक योग्यता नभएको व्यक्तिलाई नियुक्त गरिएको दाबी गरिएको छ।

पौडेलको सिफारिस, नियुक्ति र शपथ प्रक्रिया गैरकानुनी भएको जिकिर गर्दै रिटमा नियुक्ति खारेजको माग गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार