CLI

आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

दिवसका अवसरमा आज ओलीले सामाजिक सञ्जालमार्फत् स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन्।

‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन’, प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय-जय-जय नेपाल ।’

Leave Your Comment

Related News