काठमाडौं । ७२ प्रतिशत नेपालीको घरमा डिजिटल टेलिभिजन पुगेको देखिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा ७२ प्रतिशत घरघुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको देखिएको हो ।
यस्तै ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच सेवा स्थानीयत तहका ६ हजार ५६६ वडा केन्द्रमा विस्तर भएको छ । इन्टरनेट ग्राहकको घनत्व ११४.२३ प्रतिशत पुगेको छ । यो तथ्यांक चालु आवको फागुन मसान्तसम्मको हो ।

