टेलिफोन प्रयोगकर्ता घटे

काठमाडौं । नेपालमा टेलिफोन प्रयोगकर्ता घटेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा टेलिफोन प्रयोगकर्ता घटेको देखिएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म नेपालमा टेलिफोन प्रयोगकर्ता २ करोड ९७ लाख ७६ रहेको आर्थिक सर्वेक्षणमा देखिन्छ ।

गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म नेपालमा टेलिफोन प्रयोगकर्ता ३ करोड ५६ लाख २७ हजार थिए । साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा टेलिफोन प्रयोगकर्ता ६४ लाख ५० हजारले घटेको छ ।

यस अवधिमा आधारभूत (फिक्स्ड) र मोबाइल प्रयोगकर्ता दुवैको संख्या घटेको देखिन्छ । चालु आवको आठ महिनासम्म नेपालमा फिक्स्ड ४ लाख ११ हजार र मोबाइल प्रयोगकर्ता २ करोड ९३ लाख ६४ हजार छन् । गत आवमा फिक्स्ड ५ लाख ९६ हजार र मोबाइल प्रयोगकर्ता ३ करोड ५६ लाख २७ हजार थिए ।

सरकारले मोबाइल सेवाको विस्तारसँगै फिक्स्ड टेलिफोनको संख्या घट्दै गएको बताए छ । तर तथ्यांकमा मोबाइल प्रयोगकर्ता पनि घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार