काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ ।
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै सो कुराको जानकारी गराएका हुन् ।
उनले मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने बताँउदै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने बताए ।
कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेने र मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ ।
त्यस्तै उनले फागुन २०८१ सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको बताए । उनले हाल सार्वजनिक ऋणको आकार बढेको राजस्व र खर्चको आकार समेत बढेको बताए ।

