काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन गरी ५ लाखलाई लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।
यसैगरी भूमिहीन नागरिकको सङ्ख्या सङ्कलन र प्रमाणीकरण गर्ने पनि बताए ।

