CLI

आगामी आर्थिक वर्षको १९ खर्ब ६४ अर्बको बजेट सार्वजनिक

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदनको संयुक्त बैठकमा आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण पेश गरेका हुन्।

कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत विनियोजन गरिएको छ।
पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रहेको छ।

Leave Your Comment

Related News