सरकारले ल्यायो, ६ खर्ब घाटाको बजेट (पूर्णपाठ सहित)

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा उक्त रकम बराबरको आगामी आवको बजेट सार्वजनिक गरेका हुन् ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब २४ करोड अर्थत २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत रहेको छ ।

आगामी आवको बजेट चालु आवमा विनियोजनको तुलनामा ५.६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशत बढी हो । कुल विनियोजिनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि घोषणा गरेको बजेटको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोर्ने अनुमान गरेको छ ।

यी स्रोतभन्दा बजेटको आकार ५ खर्ब ९५ अर्ब ६६ करोड बढी छ ।

बजेटको घाटा पुर्ती गर्न सरकारले वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र आन्तरिक ऋण्ढाबाट ३ खर्ब ६२ अर्ब जुटाउने योजना बनाएको छ ।

बजेटको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार