काठमाडौं । सरकारले रक्सी, चुरोट, सुर्ती लगायतमा कर बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेल आज संसदमा बजेट पेश गर्दै मदिरा, वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी दिएका हुन् ।
उनले भन्सार महसुलका केही दरमा समायोजन गरेको बताए भने विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको जानकारी लिए । यसैगरी स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको उनको भनाइ छ ।

