आय विवरण पेस नगर्ने करदातालाई कर छुट दिइने

काठमाडौं । सरकारले आय विवरण पेश नगरेका करदातालाई कर छुट दिने विशेष व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको आर्थिक विधेयकमा उक्त विषय समेटिएको छ ।

विधेयकको प्रावधानमा आयकर ऐन, २०५८ को दफा १०१ बमोजिम, कर कार्यालयबाट संशोधित कर निर्धारण भइसकेका व्यक्तिहरूले, आफूले बुझाउनुपर्ने आय वर्षको विवरण सुसमयमा दाखिला गरी सो अनुसारको कर रकम तिरेको खण्डमा, अझै बाँकी रहेको विवरण २०८२ सालको पुष मसान्तसम्म बुझाएर कर तिर्न सक्नेछन्।

यस्ता करदाताले २०८३ सालको असार मसान्तसम्ममा सम्बन्धित कर कार्यालयबाट कर परीक्षण गराई पुनः संशोधित कर निर्धारण गर्न सक्नेछन्। यस्तो पुनः निर्धारणमा मूल्य अभिवृद्धि कर ऐन र आयकर ऐन अनुसार लाग्ने हदम्याद नहुने व्यवस्था गरिएको छ ।

तर, उक्त प्रक्रियाबाट बाहिरका करदाताहरूले भने यस्ता संशोधित कर निर्धारण आदेशहरू पुनरावलोकन वा पुनःनिर्धारणका लागि निवेदन दिन सक्ने छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार