चारवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज संघीय संसदअन्तर्गत आज चारवटा समितिहरूको बैठक तय भएको छ।

पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे सुरु हुनेछ, जसमा विद्युत् विधेयक, २०८० सम्बन्धी संशोधनसहित दफावार छलफल गरिनेछ।

त्यस्तै, दिउँसो १ बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि बुँदागत छलफल हुने कार्यक्रम छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजेका लागि तोकिएको छ। यस बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायसँग जोडिएका काम कारबाही, साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको भावी योजना विषयक छलफल हुनेछ।

यसैगरी, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा अनुगमन कार्यक्रमसम्बन्धी विषयमा छलफल हुनेछ। बैठक बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार