CLI

सात सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । आज सुन प्रति तोला ७०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य एक लाख ८८ हजार ५०० रुपैयाँ थियो ।

चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News