अब हरेक सुन तथा सुनका गरगहनामा विलासिता शुल्क

काठमाडौं । अब हरेक सुन तथा सुनका गरगहनामा विलासिता शुल्क लाग्ने भएको छ । सरकारले आर्थिक विधेक २०८२/८३ मार्फत सुन तथा सुनका गरगहनाको बिक्री मूल्यमा विलासिता शुल्क लिने निर्णय गरेको हो ।

अब हरेक सुन तथा सुनका गरगहनामा २ प्रतिशतले विलासिता शुल्क लाग्ने भएको हो । चालु आवमा भने १० लाखभन्दा माथिको सुनको गरगहना, हिरा, मोतीजडित सुनका गरगहनामा मात्र २ प्रतिशत विलासिता शुल्क लाग्दै आएको छ । यो शुल्क सुन तथा सुनका गरगहनाको बिक्री बखत लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार