CLI

काङ हाइड्रोपावर पौने ६ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । काङ हाइड्रोपावर कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई पौने ६ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै चुक्तापुँजी ५ करोड ७५ लाख रुपैयाँ वृद्धि गर्ने निर्णय भएकोले सोहीबराबरको शेयर बिक्री खुला गरिएको जनाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७५ हजार कित्ता बिक्रीमा राखेको हो।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिद गर्नका लागि काठमाडौंको कोटेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। निवेदन पेस गर्दा आफूले खरिद गर्न चाहेको शेयरबराबरको रकम कम्पनीको एनएमबि बैंकको खाता नं. २०४०१४७५९९७०००११ र माछापुच्छ्र बैंकको खाता नं. ०३९०९९३१५०३०००१९ मा जम्मा गरेको सक्कल भौचरसहित गर्नुपर्ने कम्पनीले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट सम्पूर्ण शेयर खरिद नभई बाँकी रहन गएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

Leave Your Comment

Related News