साताको पहिलो दिन सामान्य बढ्यो सुन

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रति १० ग्राम  १ लाख ६१ हजार ८ सय ६५ मा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार