काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २ लाख २० हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गरेको छ ।
सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार फागुन मसान्तसम्म २ लाख २० हजार ५६४ थान स्मार्ट कार्ड प्रिन्ट भई वितरण भएको छ ।
२०८१ असारसम्म ३६ लाख ९१ हजार ६५५ स्मार्ट कार्ड वितरण भएको थियो । चालु आवको फागुन मसान्तसम्म यो संख्या ४९ लाख १२ हजार २१९ थान पुगेको छ ।
२०८१ असारसम्म ३९ यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयमा विद्युतीय सवारी चालु अनुमतिपत्र प्रणाली लागु भएकोमा २०८१ फागुनमा यस्तो संख्या ४० पुगेको छ ।

