आठ महिनामा ६४२ किलोमिटर सडक विस्तार, पिच ३५५ किलोमिटर

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा संघीय सरकारले ६४२ किलोमिटर सडक विस्तार गरेको छ । चालु आवको साउनदेखि फागुन मसान्तसम्मको अवधिमा संघीय सरकारले कालोपत्रे, ग्रावेल÷खण्डास्मित र कच्ची सडक गरी ६४२ किलोमिटर सडक विस्तार गरेको हो ।

चालु आवको फागुन मसान्तसम्म संघीय सरकारबाट निर्मित सडकको लम्बाई ३६ हजार १३२ किलोमिटर पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ अन्त्यसम्म सडकको लम्बाई ३५ हजार ४९० किलोमिटर थियो ।

आठ महिनाको अवधिमा सरकारले ३५५ किलोमिटर कालोपत्रे, १८० किलोमिटर ग्रावेल/खण्डास्मित र ७७ किलोमिटर कच्ची सडक विस्तार गरेको छ । २०८१ फागुन मसान्तसम्म १९ हजार १३६ किलोमिटर कालोपत्रे, ८ हजार २०४ किलोमिटर ग्रावेल÷खण्डास्मित र ८ हजार ७६५ किलोमिटर खच्ची सडक विस्तार भइरहेको छ ।

गत आवको असार मसान्तसम्म १८ हजार ८०८ किलोमिटर कालोपत्रे, ८ हजार २४ किलोमिटर ग्रावेल/खण्डास्मित र ८ हजार ६५८ किलोमिटर खच्ची सडक विस्तार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार