हजारले बढ्यो सुन

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । सुन प्रति तोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ थियो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार