काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।
विस्तारित कर्जा सुविधाअन्तर्गत छैटौँ समीक्षाका लागि आईएमएफको टोली नेपाल आएको छ । सोही अवसरमा अर्थमन्त्री पौडेलसँग भेटवार्ता भएको हो ।
सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैटौँ समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
आईएमएफले कोरोना महामारीको समयमा ०७८ पुसमा नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।

