एक करोडसम्म ऋण लिने उद्यमीहरूले दुःख पाए, राष्ट्र बैंकको ध्यान जाओस् : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले १ करोडसम्म उद्यमीहरुले अहिले पनि ऋण लिँदा दुःख पाएको बताएका छन् ।

सोमबार  अर्थ समितिमा भएको बाफिया सम्बन्धि छलफलमा उनले त्यस्ता ऋणीहरूलाई बैंकहरूले दुःख दिने गरेको बताउँदै राष्ट्र बैंकको गम्भीर ध्यान जानुपर्ने बताएका हुन् ।

उनका अनुसार साना, मझौला उद्योगहरु चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान सक्दैन । त्यसैले सहज रुपमा ऋण लिने वातावरण हुनुपर्छ । कार्कीले बाफिया महत्व विधेयक रहेपनि यसमा सुधारका आवश्यकता रहेको बताए । जनता लाभान्वित हुनेगरी विधेयक छिटो पास गर्ने दिशामा अघि बढिनुपर्ने उनको भनाइ छ ।

पूर्व अर्थमन्त्री कार्कीले भने, ‘१ करोडसम्म ऋण लिने उद्यमीले अहिलेपनि सहजै ऋण लिन पाइरहेका छैनन् । राष्ट्र बैंक गम्भीर होस् । उत्साहका साथ ऋण लिन सक्ने, सस्तो ब्याजमा, र समयमै ऋण फिर्ता गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।’

 

कांग्रेस सांसद समेत रहेका कार्कीले बैंकर र व्यापारीबीच फरकबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार