काठमाडौं । बजेट सार्वजनिक भए पछि पहिलो दिन खुलेको शेयर बजार सामान्य अंकले बढेको छ ।
अर्थमन्त्री विष्णु पौडेललले आगामी आर्थिक वर्षको लागि जेठ १५ गते बजेट सार्वजनिक गरेका थिए । शेयर बजारका लागि बजेट सकारात्मक बन्दा त्यसको प्रभाव शेयर बजारमा देखिएको हो ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२१ अंकले घटेर ४६०.९८ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.०५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२२ अंकले घटेको हो ।
सोमबार ३१४ वटा कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब २२ करोड ६३ लाख २२ हजार पुगेको छ । जुन बुधबारको तुलनामा कारोबार रकम ६४ करोड ३ लाख १८ हजारले बढी हो । बुधबार ३२३ वटा कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ५८ करोड ६० लाख ४ हजार पुगेको थियो ।
यसैबीच सोमबार बजार पुँजीकरण रकम ४४ खर्ब ८७ अर्ब ८९ करोड ९९ लाख पुगेको छ । बुधबार भने बजार पुँजीकरण रकम ४४ खर्ब ८३ अर्ब ८० करोड ४१ लाख पुगेको थियो ।
यसदिन ११५ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ६ वटा उपसमूह बढ्दा ६ वटा उपसमूह घटेको छ । विकास बैंक १७, वित्त ४, होटल र पर्यटन १६२, लगानी २.५३, जीवन बीमा ३१ र अन्य समूह ९ अंकले बढ्दा बैंकिङ ९, जलविद्युत १२, उत्पादन र प्रशोधन २८, लघुवित्त ७, निर्जीवन बीमा २१ र व्यापार १५ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप, राधी विद्युत कम्पनी,युनिभर्सल पावर कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभ्लपमेन्ट कम्पनी र बुटवल पावर कम्पनी रह्यो । ङादी ग्रुपको ८७ करोड ४७ लाख, राधी विद्युत कम्पनीको ६५ करोड २ लाख,युनिभर्सल पावर कम्पनीको ५४ करोड १९ लाख, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभ्लपमेन्ट कम्पनीको ३७ करोड २९ लाख र बुटवल पावर कम्पनीको ३४ करोड ९८ लाख बराबर कारोबार भयो ।

