काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्ना सदस्यहरुलाई विभिन्न उत्पादन र सेवामा प्रिभिलेज सुविधा दिने क्रममा अर्केि एक संस्थासंग पार्टनरसिप सुरु गरेको छ ।
काठमाडौँको जोरपाटि दक्षिणढोका स्थित अटोएभ प्रालिसंग संघले प्रिभिलेज सम्बन्धि सम्झौता जेठ १९ गते सम्पन्न गरेको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिवालय सदस्य यदुराज लामिछाने र एटोएभका संचालक मदुसुदन सिग्देलले सो सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अन्तरगतको एसोसिएसनका नियमित शुल्क बुझाउने सबै किसिमका सदस्यहरु, संघमा सुचिकृत भएका खेलाडी तथा प्राविधिकहरुले वर्कशप सर्भिसमा २० प्रतिशत र सबै किसिमको पार्टस्मा १५ प्रतिशत छुट सुविधा पाउने छन् । सो सुविधा सबै किसिमका संस्थागत सदस्यहरु, संघमा आवद्ध क्लप तथा कर्पोरेटहरु समेत सो सुविधाको उपयोग र्गा सक्नेछन् । जसको लागी संघको प्रिभिलेज कार्ड अनिवार्य हुनेछ, जसको व्यवस्थापन मोटरिङ्ग नेपाल तथा टुरमाण्डु नेपालले सुरु गरेको छ ।
त्यसै गरी जोरपाटी नँया बस्तीको सेवा अटोमोवाइल समेत एसोसिएसनको मेकानिकल पार्टनरको रुपमा यस अघि देखी नै कार्यरत रहेको छ । जससंगको सहकार्यमा संघले रेसिङ्गको लागी प्रयोग गरिने कार–जिपको लागी मेकानिकल सर्पोट गरिरहेकको छ । सो वर्कशपमा समेत मेकानिकल सर्भिसमा २० प्रतिशत छुट प्रिभिलेज कार्ड मार्पmत दिइएको छ ।

