गभर्नर पौडेलविरुद्धको रिटमाथि आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्तिसम्बन्धी रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतमा गभर्नर पौडेलको योग्यता र नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै दायर रिटमाथि यसदिन दोस्रो पटक बहस हुन लागेको हो । यसअघि सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई नियुक्तिको आधार प्रमाणसहित उपस्थित हुन आदेश  गरेको थियो ।

अधिवक्ता अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले गत जेठ १२ गते उक्त रिट दर्ता गरेका थिए ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी रिट निवेदकले गरेका छन् । पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार