काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ तोकिएको छ । यो सँगै सोमबारको तुलनामा मंगलबार छापावाला सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको छ । मंगलबारका लागि चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ तोकिएको छ । सोमबार भने चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँ कारोबार भएको थियो ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३३६३.४७ डलरमा कारोबार भैरहेको छ । यस्तै यसदिन चाँदीको भाउ प्रतिऔंस ३४.१९ डलर तोकिएको छ । सोमबार सुनको भाउ प्रतिऔंस ३३१४.१७ डलर र चाँदीको भाउ प्रतिऔंस ३३ दशमलव १२ डलर थियो ।
अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।

