इनड्राइभको पहलः सार्वजनिक सवारी बन्दको बीचमा भरपर्दो वैकल्पिक सेवा

काठमाडौं । देशभर जेठ १९ गतेदेखि शुरु भएको अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दका कारण आम यात्रुहरू मर्कामा परिरहेका बेला, निजी यातायात सेवा प्रदायक इनड्राइभ ले यात्रुहरूलाई भरपर्दो र सुलभ सेवा प्रदान गर्न सक्रिय भूमिका खेलेको छ ।

इनड्राइभले सार्वजनिक यातायात अवरुद्ध भएको संकटको अवस्थामा यात्रुहरूको आवतजावतलाई सहज बनाउन आफ्ना प्रयोगकर्ताहरूलाई ‘बिडिङ मोडल’ मार्फत वैकल्पिक समाधान प्रदान गरिरहेको छ । यात्रु र चालकबीचको पारदर्शी संवादमा आधारित यो मोडलले सेवा उपयोगकर्तालाई आफ्नो गन्तव्य तोक्न र आफैंले प्रस्तावित भाडादर राख्न सक्षम बनाउँछ। प्रस्ताव प्राप्त गरेपछि नजिकका चालकहरूले सो भाडादर स्वीकार गर्ने, नयाँ दर सुझाव गर्ने वा अस्वीकार गर्ने स्वतन्त्रता पाउँछन्।

इनड्राइभको ‘फेयर प्राइस’ मोडलले नेपालको राइड(हेलिङ क्षेत्रमा प्रचलित भाडा असमानताको चुनौती सामना गर्दै निष्पक्षता र पारदर्शितामा आधारित सेवा प्रदान गरिरहेको इनड्राइभको दाबी छ । विशेषगरी, यो सेवा यात्रु र चालक दुवैका लागि सहमतिमूलक दरमा आधारित भएकाले बजारमा नयाँ उदाहरण प्रस्तुत गरिरहेको छ।

हालको बन्दको अवस्थाका बाबजुद इनड्राइभमा आवद्ध दशौं हजार चालकहरू सक्रिय रूपमा सेवा दिइरहेका छन्। कम्पनीले चालकहरूबाट अत्यन्त न्यूनतम कमिशन लिने नीति अवलम्बन गरेको छ। अझ व्यस्त समय ९पिक आवर० मा चारपाङ्ग्रे सवारी चालकहरूका लागि शून्य प्रतिशत कमिशन नीति लागू गरिएको छ, जसले उनीहरूको आम्दानीमा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।

त्यस्तै, मोटरसाइकल चालकहरूका लागि पनि इनड्राइभले विभिन्न बोनस योजना सञ्चालनमा ल्याएको छ, जसको जानकारी एपमार्फत नियमितरूपमा दिइँदै आएको छ।

यद्यपि यात्रुहरूलाई प्रत्यक्ष छुटको रूपमा यी योजनाहरू लागू नहुन सक्छन्, इनड्राइभको उद्देश्य भनेको आपतकालीन वा असहज अवस्थामा पनि यात्रुलाई सुलभ र भरपर्दो सेवा उपलब्ध गराउनु विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार