CLI

कर्मचारी सञ्चय कोषमा सञ्चय रकम ५ खर्ब ३६ अर्ब भन्दा बढी

काठमाडौं । सरकार निकायका गैर बैंक वित्तीय संस्थाहरु मध्ये आर्थिक रुपमा बलियो मानिएको कर्मचारी सञ्चय कोषको लगानी निरन्तर बढेको छ ।

कर्मचारी सञ्चय कोषको कुल लगानी अर्थात् लगानी र कर्जा तथा सापटी रकम ५ खर्ब ६३ अर्ब ९४ करोड पुगेको छ । जसमा विभिन्न क्षेत्रमा गरिएको लगानी १ खर्ब ९८ अर्ब ५६ करोड र कर्जा तथा सापटी रकम ३ खर्ब ६५ अर्ब ३८ करोड रहेको छ ।

कोषले पेन्सन तथा उपदान कोषमार्फत् लगानी तथा सापटी प्रदान गर्नुको साथै विभिन्न पूर्वाधार क्षेत्रमा समेत कर्जा प्रवाह गरेको पाइन्छ । कोषले माथिल्लो तामाकोशी , नेपाल वायु सेवा निगम लगयताका संस्थामा लगानी तथा कर्जा प्रवाह गरेको पाइन्छ ।

कोषको सम्पत्ति तथा दायित्व ५ खर्ब ९७ अर्ब ८२ करोड पुगेको छ । कोषमा सञ्चयकर्ताको सञ्चित रकम ५ खर्ब ३६ अर्ब ४३ करोड रहेको छ । विशेष गरी कोषमा सरकारी कर्मचारीहरुले बढी मात्रामा सञ्चित रकम योगदान गर्दा कोषको आकार बढेको देखिन्छ । सरकारीका साथै निजी संस्थामा आवद्ध सदस्यहरुले समेत सञ्चित कोषमा रकम राख्न गरेका छन् । कर्मचारीलाई पेन्सन वितरण गर्न प्रणाली भएको कारण कोषमा योगदान रकम वृद्धि हुँदै गएको हो । पछिल्ला वर्षमा भने कर्मचारीलाई पेन्स वितरण कठिन भएसँगै सरकराले योगदानमा आधारित पेन्सन प्रणाली लागू गरेको थियो । सरकारले २०७६ साउन १ गते देखि योगदानमा आधारित पेन्सन प्रणाली लागु गरेको हो । त्यसैले गर्दा कर्मचारीले योगदान गरेको आधारमा कोषमा रकम दाखिला हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार