काठमाडौं । बजेट सार्वजनिक भए पछि खुलेको दोस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ ।
आगामी आर्थिक वर्षको लागि जेठ १५ गते बजेट सार्वजनिक गरिए पश्चयात सोमबार करिब २ अंकले बढेको शेयर बजार मंगलबार उच्च अंकले घटेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ७.०६ अंकले घटेर ४५३.९२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.६० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.५३ अंकले घटेको हो ।
मंगलबार ३१५ वटा कम्पनीको १ करोड ५५ लाख ३८ हजनार ४७४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार पुगेको छ । जुन सोमबारको तुलनामा २ अर्ब ५४ करोड ६७ लाख ६१ हजारले कम हो । सोमबार ३१४ वटा कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब २२ करोड ६३ लाख २२ हजार पुगेको थियो ।
यसैबीच मंगलबार बजार पुँजीकरण रकम भने ४४ खर्ब २८ अर्ब ४० करोड पुगेको छ । सोमबार बजार पुँजीकरण रकम ४४ खर्ब ८७ अर्ब ८९ करोड ९९ लाख पुगेको थियो ।
यसदिन ३४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २१४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन १२ वटा उपसमूह घटेको छ । बैंकिङ ३३, विकास बैंक ६४, वित्त २०, होटल र पर्यटन १४७, जलविद्युत ३३, लगानी १.४६, जीवन बीमा ९९, उत्पादन र प्रशोधन ०.९२, लघुवित्त ६१, निर्जीवन बीमा ८५, व्यापार ६० र अन्य समूह २३ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी,युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप ,ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र बुटवल पावर कम्पनी रह्यो । राधी विद्युत कम्पनीको ६० करोड १५ लाख,युनिभर्सल पावर कम्पनीको ४१ करोड १५ लाख, ङादी ग्रुपको ४० करोड ३० लाख ,ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको २८ करोड ३३ लाख र बुटवल पावर कम्पनीको २० करोड ७७ बराबर कारोबार भयो ।

