CLI

प्रतिनिधिसभा बैठक भोलि बस्ने गरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन भएको छ । आज बस्दै नबसी बैठक स्थगन गरिएको हो । अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो २ बजेका लागि सारिएको थियो । तर, पनि ठोस सहमति हुन नसकेको बैठक स्थगन गरिएको हो । विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरूले जेठ १५ गते बजेट भने प्रस्तुत गर्न दिएका थिए ।

Leave Your Comment

Related News