एमसीसी परियोजनाका लागि साढे ८ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल परियोजनाका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थ मन्त्रालयका अनुसार सो बजेटमध्ये २ अर्ब ७७ करोड रुपैयाँ मात्रै सरकार आफैंले खर्च गर्नेछ भने बाँकी ५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक अनुदानबाट जुटाइनेछ। यो रकम अमेरिकी सरकारको अनुदानमार्फत उपलब्ध हुने अपेक्षा गरिएको छ।

एमसीसी परियोजना अमेरिकी सहयोगमा सञ्चालित भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बजेट निलम्बन गरेपछि नेपाल सरकारले केही कामहरू आफ्नै स्रोतमा अघि बढाउने योजना बनाएको थियो।

चालु आर्थिक वर्ष २०८१/८२ मा एमसीसी परियोजनामा ९ अर्ब ६५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस परियोजनामा २ अर्ब ४ करोड रुपैयाँ खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ।

सरकारले ऊर्जा प्रसारणलाइन निर्माण र सडक स्तरोन्नतिको उद्देश्यसहित सञ्चालनमा रहेको एमसीसी परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार