CLI

नेष्डो लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार कम्पनीका कुल ३ लाख ६३ हजार ३७५ कित्ता बोनस सेयर सूचीबद्ध भएका हुन्।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बोनस सेयरहरू अब औपचारिक रूपमा सेयर बजारमा कारोबारका लागि उपलब्ध भएका छन्।

Leave Your Comment

Related News