काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबारका लागि छापावाला सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँ तोकिएको छ । यो सँगै मंगलबारको तुलनामा छापावाला सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो ।
महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ । बुधबारका लागि चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँ तोकिएको छ । मंगलबारका लागि चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ तोकिएको थियो ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३३५१ दशमलव ४७ डलरमा कारोबार भैरहेको छ । यस्तै यसदिन चाँदीको भाउ प्रतिऔंस ३४.४६ डलर तोकिएको छ । मंगलबार सुनको भाउ प्रतिऔंस ३३६३.४७ डलर र चाँदीको भाउ प्रतिऔंस ३४.१९ डलर थियो ।
अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।


