एनआईसी एशिया लघुवित्तको १ करोड बढी कित्ता शेयरको लकइन अवधि सकिदै

काठमाडौं । एनआईसी एशिया लघुवित्तको लकइनमा रहेको १ करोड बढी संस्थापक शेयरका लकइन अवधि समाप्त हुदैछ । लघुवित्तको १ करोड ४५ हजार संस्थापक शेयरको लकइन अवधि आगामी असार १९ गते पश्चायत समाप्त हुन लागेको हो ।

नेपाल धितोपत्र बोर्डले २०८० मंसिर २५ गते उक्त शेयरको लक इन अवधि सकिने बारेमा लघुवित्तलाई जानकारी गराएको थियो । २०७७ कार्तिक २० गते बाँडफाँट गरिएको उक्त संस्थापक शेयर लकइन अवधि पाँच वर्षको रहेको थियो ।

लकइन अवधि सकिए सँगै शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार