काठमाडौं । शेयर बजार आज बुधबार पनि घटेको छ । बजेट सार्वजनिक भए पछि खासै बढ्न नसकेको शेयर बजार मंगलबार र बुधबार दुवै दिन घटेको हो ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.९७ अंकले घटेर २६६४.९५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.५९ अंकले घटेर ४५१.३२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.९५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९६ अंकले घटेको हो ।
बुधबार ३१३ वटा कम्पनीको १ करोड ३७ लाख ८२ हजनार ४६८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब ५१ करोड ६२ लाख २७ हजारले कम हो । मंगलबार ३१५ वटा कम्पनीको १ करोड ५५ लाख ३८ हजनार ४७४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार पुगेको थियो ।
यसैबीच बुधबार बजार पुँजीकरण रकम ४४ खर्ब ८ अर्ब ४५ करोड ९३ लाख पुगेको छ । मंगलबार बजार पुँजीकरण रकम भने ४४ खर्ब २८ अर्ब ४० करोड पुगेको थियो ।
यसदिन ६६ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन २ वटा उपमसमूह बढ्दा ११ वटा उपसमूह घटेको छ । म्युअुचल फण्ड ०.०८ र व्यापार २१ अंकले बढ्दा बैंकिङ ८, विकास बैंक ४०, वित्त २१, होटल र पर्यटन ३२, जलविद्युत १३, लगानी ०.०९, जीवन बीमा ६३, उत्पादन र प्रशोधन २.७५, लघुवित्त ३९, निर्जीवन बीमा ८४ र अन्य समूह १३ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा अरुण काबेली पावर कम्पनी,राधी विद्युत कम्पनी, ङादी ग्रुप , युनिभर्सल पावर कम्पनी र बरुण हाइड्रोपावर रह्यो । अरुण काबेली पावर कम्पनीको ३६ करोड २५ लाख,राधी विद्युत कम्पनीको २९ करोड ८७ लाख, ङादी ग्रुपको २२ करोड ४९ लाख , युनिभर्सल पावर कम्पनीको २० करोड ६५ लाख र बरुण हाइड्रोपावरको २० करोड ११ लाख बराबर कारोबार भयो ।

