CLI

संङ्घीय संसदका दुबै सदनको बैठक बस्दै सुचारू होला प्रतिनिधिसभा

काठमाडौं । संङ्घीय संसदका दुबै सदनको बैठक बस्न लागेका छन् । प्रतिनिधिसभाको आजको बैठक दिनको १ बजे बस्ने छ भने राष्ट्रिय सभाको बैठक दिनको १.१५ बजेको लागि बोलाइएको छ ।

आजको प्रतिनिधीसभको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्ब कार्यालयबाट प्राप्त कार्यभार सम्वन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने कार्यसुची रहेको छ । त्यसैगरि सभामुखले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरुमा माननीय सांसदको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा राज्य व्यबस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संघिय निजामति सेवा बिधेयक सम्बन्धी समितिको प्रतिबेदन २०८२ पेश गर्ने कार्यसुची रहेको संसदका महासचिव पध्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्।

त्यसैगरि आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान माथि सामान्त छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् । साथै आर्थिक बर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि  सामान्य छलफल प्रारम्भ हुने कार्यसुची रहेको छ ।

बिगत लामो सदय देखि संसदका प्रतिपक्ष दलले भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको राजिमाना मागेर संसद अवरुद्द गरिरहेका छन् । सत्ता पक्ष र प्रतिपक्षको बिचमा छलफल सदंवाद जारी रहेको भएता पनि सहमति नजुट्दा संसद् अबरुद्द कायम नै रहेको छ ।

संसद कायम रहेकोले गर्दा सरकारले पेश गरेको बजेटमाथिको छलफल जारी हुन सकेको छैन भने संसदका समितिले पेश गर्ने समितिका प्रतिबेदन पनि पेश हुन सकेको छैन । संसद अनिणर्यको बन्दी बनेको छ ।

आजको राष्ट्रिय सभाको बैठकमा बर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि  सामान्य छलफल जारि हुनेछ ।

Leave Your Comment

Related News