काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी उजुरी सुनुवाइका प्रयोजनाका लागि इजलास सञ्चालन ल्याएको छ । ललितपुरस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहीबार देखि इजलास सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणका अध्यक्ष शरद ओझाले बिहीबारदेखि बीमा दाबीसम्बन्धी उजुरी सुनुवाइका लागि इजलास सञ्चालन गरेका हुन् । उनले उजुरी छिटो फर्छ्यौट गर्ने प्रतिबद्धता जनाए अनुरुप उक्त कामको थालनी गरेको बताए । यसका लागि छुट्टै कक्ष स्थापना गरी इजलास सञ्चालनमा ल्याइएको हो ।
बिहीबारको इजलासमा अध्यक्ष ओझाको अध्यक्षतामा प्राधिकरणका सञ्चालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागिता रहेको थियो ।
प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरी माथि इजलासमा पक्ष तथा विपक्षका कानुन व्यवसायीहरूबाट बहस भएको थियो ।

