CLI

अमेरिकाबाट करिब ४५ जना नेपाली डिपोर्ट, चार्टर्ड विमानमार्फत फर्काइयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट करिब ४५ जना नेपाली नागरिकलाई डिपोर्ट गरी आइतबार चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको छ। अमेरिकी दूतावासलाई उद्धृत गर्दै अध्यागमन विभागले दिएको जानकारीअनुसार अमेरिकी होमल्यान्ड सेक्युरिटी अन्तर्गतको इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) को आग्रहमा उनीहरूलाई फिर्ता पठाइएको हो।

नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

डिपोर्ट गरिएकाहरूको यकिन संख्या यद्यपि खुलाइएको छैन । तर अमेरिकी र नेपाली अधिकारीहरूका अनुसार उनीहरूका ट्राभल डकुमेन्टहरू अमेरिकास्थित नेपाली दूतावासले तयार पारी पठाएको थियो।

यसरी अमेरिका डिपोर्ट गरिएकामध्ये धेरैजसो मेक्सिकोको सीमा हुँदै अवैध रूपमा प्रवेश गरेका र पानामा हुँदै अमेरिका प्रवेशको क्रममा पक्राउ परेका पनि रहेको अनुमान गरिएको छ। केही चाहिँ अमेरिका भित्रिएपछि देश निकाला आदेश पाएका थिए तर त्यस आदेश उल्लंघन गर्दै लुकीछिपी बसिरहेका बेला आईसीईले पक्राउ गरेको बताइएको छ।

डिपोर्ट गरिएकाहरूको व्यक्तिगत विवरण गोपनीय राखिएको छ। तर प्रारम्भिक विवरणअनुसार उनीहरूमध्ये कतिपयले अमेरिकी सपनाको खोजीमा दलालमार्फत लाखौं खर्च गरेर यात्रा गरेका पनि रहेका छन् ।

Leave Your Comment

Related News