CLI

भक्तपुरमा “दोस्रो प्रदेश स्तरीय ५एस हक्की च्याम्पियनसिप-२०२५” आयोजना हुँदै

काठमाडौं । बागमती प्रदेश हक्की संघको आयोजनामा जेठ २५ र २६ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर २ स्थित दिव्यश्वरी प्लानिङ्गमा स्थित रोयल नेपाल फुटशलमा “दोस्रो प्रदेश स्तरीय ५एस हक्की च्याम्पियनसिप- २०२५” प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा बागमती प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश, मदेश प्रदेश र कर्णली प्रदेशले सहभागीता जनाउदै छ ।

नेपालमा हक्की खेलको विकाश, प्रवर्दन गर्न र बिध्यमान प्रदेशस्तरीय हक्की खेलाडीहरुको क्षमत्ता तथा सम्भाब्यता पहिचान गरि नेपाललाई हक्की खेलामा अन्तराष्ट्रिय स्तरमा परयाउने उद्देश्यले यो आयोजना गर्न लागिएको बागमती प्रदेश हक्की संघका कार्यवाहक अध्यक्ष राम राजा बस्नेतले जानकारी गराए । भक्तपुरमा नै पहिलो चोटी हक्कीको प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको पनि उनले बताए । सो प्रतियोगितामा प्रथम र द्वितीय हुने सफल टिमलाई ट्रफी, नगद तथा प्रमाण पत्र दिइने उनले जानकारी गराए ।

Leave Your Comment

Related News